फिल्म ‘अन्तिम संस्कार’को छायांकन सक्किएको छ ।निर्देशक प्रदीप शाहीको निर्देशनमा तयार भएको फिल्मको जोमसोम, मार्फा, कागबेनी, मुक्तिनाथमा ६० प्रतिशत र काठमाडौंमा ४० प्रतिशत छायांकन गरिएको हो । फिल्मको पोस्ट प्रोडक्सनको काम लण्डनमा हुने छ । `अन्तिम संस्कार’को छायांकन बाबु श्रेष्ठले गरेका हुन् । फिल्मलाई अर्को वर्षको मध्यतिर प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ्न् । फिल्मको निर्माता विनोद सुवेदी खत्री हुन् । फिल्ममा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवन राज उप्रेती, त्रिचु राई, श्याम राई, धर्मेन्द्र आचार्य, सुरज खालिङ्ग राई, पासाङ्ग टि शेर्पा, सन्तोष लामा, सरोज कुमाल, अनु मगर, रेश्मा श्रेष्ठलगायतको अभिनय छ ।