अभिनेता भुवन केसी तेश्रो बिहेको तयारीमा रहिरहदा पुर्वपत्नि अभिनेत्री सुस्मिताले बोलेकी छिन् । अभिनेता भुवनले मिडियामा सुस्मितालाई पनि जोडेर बोलेपछि सुस्मिता मुख् खोल्न बाध्य बनेकी हुन् । मिडियामा सुस्मिताकै कारण आफूले तेश्रो बिहे गर्न पर्ने प्रतिक्रिया दिएपछि सुस्मिताले समाजको अगाडि आफ्नो चरित्रलाई बदनाम गराएको बताएकी छन् । दुवैको सहमती र खुसीमै सम्बन्धबिच्छेद गरेको उनको भनाइ छ । अहिले आएर आफुलाई मात्र आरोप लगाएको र सो आरोप गलत भएको सुस्मिता बताउछिन् । थप् उनी भन्छिन् : ‘म अहिले पनि सिंगल छु र भारतमा परिवारसँग बसिरहेकी छु । अलग भएको २० वर्षपछि पनि किन भुवनजी मेरो नाम लिंदै हिंडिरहनुभएको छ ?’भुवन नायिका जिया केसी संग लगन गाठो कस्ने तयारीमा छ्न् ।