पत्रकार तथा राज्नितिग्य रवि लामिछानेले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेका छन् । सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी ‘वाचा पत्र’मा नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्ने घोषणा गरेका हुन् । सार्वजनिक घोषणा पत्रमा ‘नेपाललाई अन्तर्राष्ट्रिय फिल्म निर्माण केन्द्रको रुपमा स्थापित गर्न सरकारी दर्ता सेवामा शून्य शुल्कको प्रावधान राखेर प्रक्रियालाई एकद्वारा प्रणालीमा ल्याइनेछ,’ उल्लेख गरिएको छ