भोलि शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘लाखे’  प्रिमियरमा रुचाइएको छ । जमल  स्थित बिश्वज्योतीमा राखिएको प्रिमियरमा फिल्म भित्रका कलाकारका साथै बाहिरी कलाकार र पत्रकारहरुको उपस्थित रहेको थियो । निर्माता संघका अध्यक्ष नवल खड्का, कलाकार सुनिल थापा, निर्देशक नरेश पौडेल, निस्चल बस्नेत, शोभित बस्नेत कलाकारले प्रिमियरमा उपस्थिति जनाएका थिय । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले फिल्म आफूलाई मन परेको बताए । यसै गरी फिल्मका मुख्य कलाकार सौगात मल्ल , अनुपबिक्रम शाहिले  फिल्म राम्रो बनेकोले दर्शकले रुचाउनेमा आफू विश्वस्त रहेको बताए भने यस् फिल्ममा आफुहरुले भिन्न कामगरेको भनाइ छ । एक्सन विषयमा बनेको फिल्मले दर्शकका फरक स्वाद दिने नायक मल्लले दाबी गरे । 
हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्म औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् । सम्राट बस्नेतको निर्देशन रहेको फिल्ममा आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार लगायतको अभिनय छ ।