पछिल्लो समय नेपाल आइडलको चर्चा बढ्दो छ । गायनमा आधारित पहिलो अन्तराष्ट्रिय शो नेपाल आइडल हालै सम्पन्न भएको हो । नेपालले पहिलो आइडलको रुपमा पोखराका बुद्ध लामालाई पाएको हो । कतारमा सम्पन्न नेपाल आइडलबाट फर्किएका बुद्ध लामा सहित निशान भट्टराई र प्रताप दास पहिलो पल्ट मिडियामा आएका छन् । एक कार्यक्रम देखा परेका बुद्धले आफु कुनै समय दोहोरी साझमा काम गर्ने बताएका छन् । २० बर्षका बुद्ध आफ्नो परिवार सहित पोखरामा बस्छन् । परिवारको आर्थिक स्थिति निकै कमजोर भएको कारण सानै उमेरमा दोहोरी साझमा काम गरेर पारिवारको साथै आफ्नो पढाईको खर्च उठाउने गरेको बुद्धले बताए ।' मैले नेपाल आइडलको टाइटल जित्छु भनेर सोचेको थिइन् । परिवारको आर्थिक स्थिती निकै कमजोर भएको कारण आफ्नो पढाईको साथै परिवारको खर्च जम्मा गर्नु पर्ने बाध्यता थियो ।' बुद्ध भावुक हुदै भन्छन् । संगीतमा सानैबाट इच्क्षा भएका बुद्धले आफु गीतसंगीतमा यसरी सक्रिय हुन्छु भनेर सोचेका थिएनन् । भन्छन्, 'सानोमा कोरस गाउथे तर काम गर्नु पर्ने भएकोले अब मेरालाई संगीत यति नै होला भनेर सोचेको थिए ।' नेपाल आइडलले दिएको अवसर प्रति खुसी भएका बुद्ध नेपाल आइडल प्रति सधै आभारी रहने बताए ।