फिल्म ‘बिजुली च्याप्टर १’ ले अडिसन कल राखेको छ । फरक उमेरका कलाकारहरुको माग् गर्दै निर्माण टिमले कलाकारको अडिसन राखेको हो l कान्तिपुर फिल्म एकेडेमीमा हुने अडिसनमा २५ देखि ३० बर्ष उमेरको पुरुष,३० देखि ३५ वर्षको पुरुष र १८ देखि २८ बर्ष उमेरको महिला कलाकार र अन्य सपोर्टिंग क्यारेक्टर छानिने छ।

आगामी २२ गते लाई निर्माण टिमले अडिसन कल राखेको हो l बासुकी फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मलाई विकास गिरिको लेखन तथा निर्देशन रहने छ l निर्माता लुना केसी रहेको फिल्मको छायाँकन माघबाट सुरु हुने छ l फिल्ममा मुकुन भुसाल,बेनिषा हमाल,कालु राना अनुबन्ध भई सकेका छन् l