हरर थ्रिलर फिल्म 'चि मुसी चि इभन डेड डिजायर बिलङ्गिङ' को रिलिज मिती तय गरीएको छ l फिल्म आगामी पौष १५ गतेबाट प्रदर्शन् हुने छ l एएमवाई स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशन मार्ना जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका हुन् ।  फिल्ममा रिञ्जु केसीसँग मिलेर प्रस्तुतकर्ता अरुण चक्रावर्ती लगानी गरेका छन् । पौष महिनामा रिलिज गर्ने लक्ष्य राखिएको फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारको अभिनय रहेको छ l फिल्मको वितरण राइट्स डिसिएन र डिजिटल राइट्स ओएसआर डिजिटलले खरिद गरेको छ ।