फिल्म ‘लाखे’ आज बाट सिनेमा घरमा प्रदर्शनमा आएको छ l सम्राट बस्नेतले फिल्मको निर्देशन गरेका छन् l    हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् भने कोरियोग्राफी कविराज गहतराजको छ । निर्देशक सम्राटकै द्धन्द्ध निर्देशन रहेको फिल्म औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले हुन् भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठले आरआर फिल्मस् मार्फत वितरण गर्दैछन् । सम्राट बस्नेतको निर्देशन रहेको फिल्ममा आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार लगायतको अभिनय छ ।