स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ओेएस् आरको सह्कार्यमा फिल्म निर्माण हुने भएको छ । यम थापाको कथा रहने फिल्मलाई विशाल भन्डारीले निर्देशन गर्ने छन् l फिल्मको निर्मातामा ओेएसआर संचालक ओम प्रकाश अग्रवाल रहनेछन् । आगामी दशैंमा प्रदर्शन गर्ने योजना रहेको फिल्मको नाम भने फाइनल भइसकेको छैन l थ्री प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतीमा बन्ने फिल्मका लागि कलाकारहरु पनि तय गरिएको छैन l साथै केही दिनमानै फिल्मको नाम र् कलाकार तय गरेर फिसियल घोषणा गर्ने निर्माण टिमले बताएका छन् l