फिल्म ‘ह्यारी कि प्यारी' को रिलिज मिती सारीएको छ l चुनाव र विश्वकपले गर्दा निर्माण टिमले फिल्मको प्रदर्शन मितिले गर्दा निर्माण टिमले आगामी माघ २० गते फिल्मलाई रिलिज गर्ने योजना बनाएका हुन् l कपिल रिजालको निर्देशन रहेको फिल्ममा पहिलो पटक कलाकार जितु नेपाल र नायिका साम्राज्ञी शाहले जोडी बाधेका छन् l फिल्ममा जितु ह्यारी र साम्राज्ञी उनको प्यारी बनेकी छिन्  । निर्देशक रिजालकै कथा, सुदीप बरालको पटकथा र संवाद रहेको फिल्म रोमान्टिक कमेडी विषयमा बनेको छ l फिल्ममा गिरीराज घिमिरे शिखर सन्तोष र युग भुसालको संगीत रहेको छ । फिल्मको काठमाडौँ, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा छायांकन भएको छ । बिआर प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म​का निर्माता गायक एवं गीतकार समेत रहेका डा. भोला रिजाल हुन् ।  कविराज गहतराजको कोरियोग्राफी, सुदीप बरालको छायांकन रहेका फिल्म अर्जुन जिसीले सम्पादन गर्नेछन् । जितु र साम्राज्ञीका अलवा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारको समेत अभिनय फिल्ममा अभिनय रहेको छ l