कार्यक्रमको क्रममा गायिका समीक्षा अधिकारी माथि ढुङ्गा प्रहार भएको छ । सङ्खुवासभाको खाँदबारी पाङ्ठामा गएराति भएको साङ्गीतिक कार्यक्रममा सहभागी भएका दर्शकको भिडभाडबाट एक दर्शकले ढुङ्गा प्रहार गरेका हुन् । अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै तनाव उत्पन्न भएको थियो । पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको प्रहरीले जनाएको छ ।