फिल्म ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ । बनाएको उक्त भिडियो जसको उत्कृष्ट रहने छ निर्माण टिमले रु २५००० धनराशी प्रतियोगिलाई दिने बताइएको छ । तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो बनाउन पर्ने छ । फिल्मको यो गीतले युट्युबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो।
प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ। सहभागीहरुले #rumalaibatera, #timromerosath, #RameshMKPoudel ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ। यो प्रतियोगिता फिल्मका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ। फिल्ममा कुल ३ वटा गीत रहेका छन्।यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ। फिल्ममा नायक पुष्प खड्का र साम्राज्ञी शाह मुख्य भुमिकामा छन् । निर्देशक एम के पौडेलको निर्देशन रहेको फिल्म आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भएको हो । फिल्मको निर्मातामा पासांग लामा र सह-निर्मातामा निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली रहेका छन । साथै फिल्ममा कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको छ । शिव ढकालको छायांकन रहेको सिनेमामा योगेश काजीको संगीत सुन्न सकिन्छ ।आगामी पौष २९ गतेबाट नेपालभरका फिल्महलमा प्रदर्शन हुने फिल्ममा सन्दिप क्षेत्री, खड्क बहादुर पुन (खबपु), इमिली लामा, सरोज खनाल र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् । फिल्म पुस २९ गतेबाट प्रदर्शनमा आउने छ ।