फिल्म "महापुरुष" ले बक्स अफिसमा तहल्का मच्चाएको छ । पहिलो हप्ता बाटनै हाउसफुल भएको फिल्म आज तेश्रोहप्तामा सुरुवात गर्दा पनि दर्शकको कमि भएको छैन ।  दोस्रो हप्ताको शुक्रवार देशभर ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी कायम गर्दा शनिवार पनि विहानैदेखि हाउसफुल दर्शक भित्राएको थियो। कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहेको फिल्म "महापुरुष" ले बक्स अफिसमा ५ करोडको ब्यापार गर्दै  लगानी सुरक्षित गरीसकेको छ । रिलिजको पहिलो दिनबाटनै फिल्मलाई दर्शककको राम्रो साथ मिलेको थियो  । षट्कोण आट्र्सको व्यानारमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गरेका छन् । फिल्मको  पाश्र्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् । फिल्मको कथा लेखन् साथै निर्देशन प्रदिप भट्टराईको रहेको छ । मल्टिप्लेक्स चेन क्युएफएक्सलेमात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समा ३ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ५ शो, लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो दिएको छ । क्युएफएक्सकैमोफसल अन्तर्गत नेपालगन्जमा ४ शो, वुटवलमा ४ शो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामा ४ शो, विराटनगरमा ३ शो, विर्तामोडमा ३ शो दिएको छ ।  फिल्ममा महजोडीको अलावा गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराइली, बानियाँ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ l