कार्तिक २ गते लक्ष्मी पूजाको दिनबाट प्रर्दशन हुने चलचित्र 'रानी'को ट्रेलर सार्बजनिक गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा अनुप बिक्रम शाही, मनिष सुन्दर श्रेष्ठ र सारुक ताम्राकारको मुख्य भूमिका रहेको छ भने 'रानी'को रुपमा मिस नेपाल २०११ मलिना जोशीले अभिनय गरेकी छिन् ।

 

दयाराम दाहालको निर्देशन रहेको 'रानी'को कथा भने यम थापाले लेखेका हुन् । चलचित्रमा संगीत भने विजय घिमिरे र निकिता थापाको रहेको छ । चलचित्रलाई पुरुषोत्तम प्रधान, मान कृष्ण महर्जन र सिशन बानियाँले खिचेका हुन् भने सम्पादन अर्जुन जि.सीले गरेका छन् ।