फिल्म ‘निरमाया’ को गीत `मायाको रङ्ग हुँदैन’ सार्वजनिक गरिएको छ । धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको गीतले छुवाछुतको मुद्दालाई उठान् गरेको छ । गीतको रचना उत्तम भेटुवालले गरेका हुन् । रिमेश कुमारको संगीत रहेको यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्धि पौडेल फिचर्ड छन् ।रमेश कोइरालाको निर्देशन रहेको फिल्ममा रोजा तिमल्सिना र रमेश दाहाल निर्माताको रुपमा छन् l 

 

 

 

फिल्मको  कार्यकारी निर्माता महेश तिमल्सिना हुन् । राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जे.एन.घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल, सम्रिद्दी पौडेल, रमेश अधिकारी, अनिता केसी, गोपाल ढकाल, रामबाबु रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको फिल्म `निरमाया´ सामाजिक कथामा निर्माण भएको फिल्म हो ।