फिल्म "फूलबारी" को पोस्टर सार्वजनिक गरिएको छ । फाल्गुन ५ लाई रिलिज मिति तय गर्दै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाह्याङ राई , विपिन कार्की ,प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलाई देखाइएको छ । यशोधा फिल्मस्ले निर्माण गरिएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालीप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।