अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको फिल्म ‘डिसेम्बर फल्स’ को गीत छायांकन गरिएको छ । फिल्मको ‘चार घण्टा कुरेको’ बोलको डान्सिङ गीतको भक्तपुर दरबार स्क्वायरमा भव्य सेट तयार गरेर खिचिएको हो । चार दिन लगाएर गरीएको गीतको छायांकनका केही तस्विर पनि सार्वजनिक भएका छन् जसमा फिल्मका मुख्य कलाकार आर्यन र उपासना रोमान्टिक अवतारमा देखिएका छन् । फरक अवतारमा प्रविण झा निर्देशित फिल्म रोमान्टिक-थ्रिलर जनरामा निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता तथा निर्माता राम प्रसाद रिजाल हुन् ।लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्माता राज कुमार भट्ट हुन् ।फिल्मका गीतमा सुशान्त गौतम, प्रतिक पौडेल, दीपक शर्मा र कोशिश क्षेत्रीको संगीत छ ।फिल्मको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् । फिल्मको युट्युब र अष्ट्रेलिया राइट्स एजुकेशन एन्ड माइग्रेसन कर्नरले किनिसकेको छ ।फिल्ममा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ । फिल्म आगामी पुस १५ मा प्रदर्शन हुने छ ।