फिल्म ‘डेसान’को टिजर सार्वजनिक गरिएको छ । पिएसि युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको टिजरमा फिल्मका मुख्य कलाकार नम्रता सापकोटा भोला सापकोटा लगायतलाई देखाइएको छ । टिजरमा पारिवारिक सम्बन्ध, अइच्छा र अविश्वासका कारण दाम्पत्य सम्बन्धमा आउने खटपटको विषयलाई प्रस्तुत गरिएको छ ।कमल एक्चै मगर निर्देशित फिल्मलाई पर्फमिङ आर्ट क्रियशनको ब्यानरमा निर्माण गरिएको हो । 
 

 

फिल्ममा कृशाला मगर कार्यकारी निर्माता रहेको फिल्ममा राजु काउचाको कथा, निर्देशक मगरको पटकथा/संवाद, चक्रबहादुर महर्जनको छायांकन, अजय स्याङतेनको नृत्य निर्देशन, मिलन श्रेष्ठले सम्पादन छ ।फिल्ममा भोलाराज सापकोटा, निशान चौहान, पुनम थापा, कविता आले, आरुषजंग सारू, मलिका बस्नेत, प्रमिशा सारू मगरको पनि अभिनय छ ।