फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरेका हुन् । माघ २० गते प्रदर्शन मिति तय गरिएको फिल्मको पोस्टरमा मुख्य कलाकार वर्षा सिवाकोटी, पुष्प खड्का, रवीन्द्र झा र बुद्धि तामाङलाई देखाइएको छ । यसका साथै अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई पनि फिचर्ड गरिएको छ । यद्यपि फिल्ममा पल र पूजाले एक गीतको भिडियोमा मात्र अभिनय गरेका छन् । लभ स्टोरी कथामा आधारित फिल्मलाई कैलाश राई निर्देशन गरेका हुन् । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा अरुण तामाङ निर्माता रहेका छन् । फिल्ममा अर्जुन पोखरेल र अगोम गुरुङको सङ्गीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जिसीको सम्पादन छ । फिल्म भारतमा पनि रिलिज हुने छ । यस अधीनै भारतमा रिलिज भएको फिल्म आगामी मङ्सिर २५ गते बाट भने भारतका दिल्ली, गुजरात, आसामलगायतका सहरमा फिल्म प्रदर्शन हुने छ ।