फिल्म ‘कबड्डी ४’को अब डिजिटल रिलिज हुने भएको छ । ओटीटी प्लेटफर्म ‘सिनेमा घर एप’मा निर्माण टिमले फिल्म रिलिज गर्न लागेका हुन् । आज फिल्म सिनेमा घर एपमा रिलिज हुने छ । पहिलो शृङ्खला देखिनै दर्शकले अत्यधिक मनपराएको फिल्म चौथो शृङ्खला सम्म रिलिज हुँदा पनि दर्शकको नजरबाट हटेको छैन । सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको फिल्मलाई रामबाबु गुरुङ निर्देशन गरेका हुन् । फिल्म सिनेमा घर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ ।युट्युबमा भन्दा पनि ओटिटि मार्फत फिल्म देखाए राम्रो आम्दानी गर्न सकिने उद्देश्यका साथ निर्माण टिमले एपमा फिल्म रिलिज गर्न लागेका हुन् ।दुई/तीन वर्षमा सिनेमा घर एपले निर्मातालाई लगानीको ४०/४५ प्रतिशतसम्म फिर्ता गर्न बताइएको छ । फिल्ममा दयाह्याङ राई , सौगात मल्ल , बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतको पनि अभिनय रहेको छ l हाल सम्म सिनेमा घर एपमा धेरै फिल्महरु रिलिज भैसकेका छन् ।