गत सोमबार एक कार्यक्रमका बीच सार्बजनिक 'फाटेको जुत्ता'को ट्रेलरले दर्शकको मन जित्न सफल भइरहेको छ । ट्रेलर सार्बजनिक भएसंगै चलचित्रको चौतर्फी चर्चा बढ्न थालेको छ । चर्चासंगै चलचित्रको ट्रेलर यतिबेला नेपाल ट्रेन्डिङ नम्वर १ मा रहेको छ ।

 

डार्क कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरमा सौगात कुखुरा चोरको भुमिकामा छन् । त्यस्तै प्रियंकाको पछि लागेका सौगातलाई तराईको भुमिकामा देखिएका छन् । चलचित्रमा सौगात र प्रियंकाको साथमा कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने निरोज महर्जनको कथा रहेको छ । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

'फाटेको जुत्ता'को आउदोँ कात्तिक १७ गतबाट प्रदर्शन हुनेछ ।