ठुला ब्यानरका दुई फिल्म बिच भिडन्त हुने भएको छ। फिल्म ‘भगवत् गीता’ले वैशाख १ लाई आफ्नो मुठ्ठीमा लिए सँगै अर्को फिल्म "नाइँ नभन्नु ल ६" ले पनि सो मितिलाई हातमा लिने भएको हो। झरना थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘भगवत् गीता’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति तोकिसकेको छ । साथै अहिले छाँयाङकनमा रहेको विकाश आचार्य निर्देशित फिल्मले पनि उक्त मिति मानै रिलिज गर्ने बताएका हुन् ।  १५ दिन पूर्वका विभिन्न ठाउँमा फिल्म छायाङ्कन हुनेछ । त्यसपछि निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गर्ने छन् । आख्यान फिल्म्सको ब्यानरमा सिविन दाहाल र सञ्जय न्यौपाने निर्माता रहेका छन् ।  फिल्ममा आँचल शर्मा, आर्सीवाद क्षेत्री, योगिशा खत्री, अर्थव उप्रेतीलगायतको अभिनय छ ।