बलात्कार आरोपमा कारागारमा सजाय काटिरहेका अभिनेता पल शाहले जेल सजायको फैसलाविरुद्ध उच्चमा निवेदन दिएका छन् । शाहले उच्च अदालत जिल्ला अदालतको आदेश उल्टाएर सफाइ दिन माग गर्दै पोखरामा पुनरावेदन गराएका हुन् । शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिय । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते बाल यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो । साथै, पीडितलाई रु १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ । तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ ।