फिल्म 'बद्री बहादुर'को विदेश राइट्स बिक्री भएको छ । मोटो रकममा सम्झौता हस्ताक्षर गर्दै पूजा तामाङलाई विदेशको सम्पूर्ण राइट्स निर्माण टिमले बेचेका हुन् । शोभित बस्नेत निर्देशित फिल्मको राइट्स रु २० लाखमा बिक्री गरिएको हो । सञ्चारकर्मी रवि अधिकारीको कार्यकारी निर्माण रहेको फिल्म अब नेपाल बाहेकका अन्य देशमा फिल्म प्रदर्शन गर्न चाहनेले पूजासंग सम्पर्क गर्नुपर्ने हुन्छ । फिल्मको कथा रामकाजी घिमिरेले लेखेका हुन् । एबी पिक्चर्स फार्म र सलोन सलीना ब्यानरमा निर्माण भएको फिल्मको छायांकन विनोद सापकोटाले गरेका हुन् । टंक बुढाथोकी/उजन नेम्वाङको संगीत, शिव विकको नृत्य निर्देशन, शंकर महर्जनको द्वन्द्व र बन्दे प्रसादको सम्पादन फिल्ममा समावेश छ । फिल्मको प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे रहेका छन् । फिल्ममा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङलगायतका कलाकारहरुको अभिनय छ । फिल्मको नेपाल प्रदर्शन मिति केहि दिनमा तय गरीने निर्माण टिमले जानकारी गराएका छन् ।