नायिका रिश्ता बस्नेत अभिनीत फिल्म 'पासो' को रिलिज मिति तय भएको छ l पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति तय गरिएको हो l फिल्म मङ्सिर १६ बाट प्रदर्शनमा आउँने भएको छ l अन्य फिल्ममा भन्दा पनि यस फिल्ममा नायिका रिस्ता फरक भूमिकामा देखिएकी छिन् l पोस्टरमा देखाइए अनुसार उनी उक्त फिल्ममा एक्सन भूमिका देखिएको अड्कल काट्न सकिन्छ l भगवान् भुजेलले निर्माण गरेको फिल्मको निर्देशन आरबी पुनले गरेका हुन् l सूर्य दयालुको संगीत, उत्तम हुमागाईँको छायाङ्कन र भूपेन्द्र अधिकारीको सम्पादन फिल्ममा समावेश छ । सरूँ र प्रमीला नाम गरेका दुई जना साथी एक आपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा यो फिल्म निर्माण भएको छ । रिस्ताको साथमा फिल्ममा सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ ।