बलिउड फिल्म ‘उचाइँ’ आजबाट नेपालमा पनि प्रदर्शन भएको छ ।  नेपालको हिमाली क्षेत्रहरुमा छायांकन भएको फिल्ममा अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर र बोमन इरानीलाई अभिनय छ । ‘उचाइँ’को २०७८ सालको कात्तिकमा नेपालमा छायांकन भएको थियो । नेपालमा फिल्मको छायांकनका लागि २० करोड खर्च भएको थियो ।बलिउड ब्यानर राजश्री प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई  सुरज वर्जत्यले निर्देशन गरेका हुन् ।