फिल्म ‘गुलाबी’को छायांकन सकिएको छ । फिल्मको आइतवार काठमाडौंमा ३२ दिनमा फिल्मको इन्डक्ल्याप भएको हो । फिल्मको छायांकन कास्कीको धम्पुसबाट सुरु गरीएको थियो । पारलैङ्गिकताको कथामा निर्माण भएको फिल्ममा अभिनेता नाजिर हुसेन मुख्य भुमिकामा छन् । आगामी फागुनमा प्रदर्शन गर्ने गरि यसै साताबाट पोष्ट प्रोडक्सनको काम सुरु हुने फिल्ममा नायिका संचिता लुइँटेल पनि मुख्य भुमिकामा छिन् । फिल्मको कथा निर्देशक भट्टकै हो भने पटकथा तथा संवाद लेखनमा रामकुमार श्रेष्ठ र नाजिर हुसेनले सहकार्य गरेका छन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’मा आलोक शुक्लाको छायांकन छ भने सम्राट बस्नेत द्वन्द्व निर्देशनको रहेको छ ।फिल्ममा सुशील सिटौला, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’, शिशिर राणालगायतको पनि अभिनय छ ।