गत बर्षको सबै भन्दा बढी ब्यापार गर्न सफल चलचित्र 'छक्का पन्जा'को सिक्वेल 'छक्का पन्जा २' यति बेला प्रर्दशनरत छ । 'छक्का पन्जा'ले झै 'छक्का पन्जा २'ले पनि रेकर्ड कायम गर्न सफल भइरहेको छ । चलचित्रको ब्यापार र प्रतिक्रियालाई लिएर निर्माण पक्ष निकै खुशी छन् ।
चलचित्रको निर्देशक दिपा श्री निरौला र कलाकारका साथै निर्माता दिपक राज गिरीका अनुसार चलचित्रले आज शुक्रबारका दिन सम्म ३ करोड ५० लाख भन्दा माथिको ग्रस कलेक्सन गरेको छ ।
'छक्का-पन्जा २' बुधबारबाट देशभरि एकैसाथ प्रर्दशन आएको थियो ।