फिल्म "राजा" निर्माण हुने भएको छ । तीन करोड रुपैयाँ बजेटमा निर्माण हुनलागेको फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने छ्न् । फिल्मको प्रमुख भूमिकामा राज कटुवाल तय भएका छन् भने नायिकाको खोजी भइरहेको छ । दिवाकर भट्टराईले पटकथा लेखिरहेको फिल्मलाई नेकपा एमालेका नेता परशुराम बस्नेत, हल सञ्चालक नरेन्द्र महर्जन र व्यवसायी दीपेन्द्र अग्रवालले फिल्म निर्माणमा सहकार्य गर्ने छन् । फिल्मलाई राज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गर्न लागिएको हो । फागुनदेखि छायांकन सुरु हुने फिल्ममा चलेका अन्य कलाकारलाई समेत लिने तयारी छ ।