चुनावि माहोल यति बेला तातिएको छ । मङ्सिर ४ नजिकिए संगै यतिबेला चुनावि माहोलले सेलेव्रेटिहरुलाई पनि अछुत बनाएको छैन । सेलेब्रेटिहरुपनि हरेक पार्टिका उम्मेदवारहरुलाई खुलेआम् समर्थन गर्दै हिडिरहेका छन् । अभिनेत्री बर्षा शिवाकोटिलाई चुनावि माहोलमा मज्जाले लागिरहेकी छ्न् । राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार सोविता गौतमको पक्षमा सेलिब्रेटीहरु खुलेका छन्।अभिनेत्री बर्षा शिवाकोटी सोवितालाई साथ दिदै भोट मागेकी थिइन्। मोडल उषा उप्रेती पानो सोविताको पक्षमा खुलेकी थिइन्। यहि बिचमा मोडल रेश्मा घिमिरे पनि सोविताको पक्षमा खुलेकी छिन्। सोविता काठमाडौं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी छिन्।