अभिनेता प्रदीप खड्का काङ्ग्रेसको समर्थनमा लागेका छन् । नजिकीदै गरेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नवलपरासी (ब.सु.प) क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार उठेका अर्वपती बिनोद चौधरीलाई समर्थन गर्दै उनले भोट मागेका छन् । मंगलवार आयोजित वाम गठबन्धनको चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लगायतका नेताहरु पुगेका थिए भने उनीहरुसँगै प्रदीप खड्कालाई पनि अतिथीको रुपमा मञ्चमा आसन ग्रहण गराइएको थियो ।विनोद चौधरीका छोरा तथा चौधरी ग्रुपका कार्यकारी निर्देशक वरुण चौधरीसँगको मित्रताका कारण उनी चौधरीको पक्षमा भोट माग्नका लागि चुनावी आमसभामा सहभागी भएको बताइएको छ । चुनाव मङ्सिर ४ गते हुँदै छ ।