र्यापर लाउरेको प्रेम सम्बन्ध खबरले यतिबेला सामाजिक सन्जाल तातिरहेको छ । टिकटकमा हायात लिम्बू नामकी युवती र लाउरेको रोमान्टिक भिडियो भाइरल बने संगै सिङ्गल रहेको अभिव्यक्ति दिदै आइरहेका कारण पनि लाउरेको प्रेम चर्चाले सन्जालमा स्थान लिएको हो । हायातले लाउरे संगको रोमान्टिक टिकटक बनाउँदै आफूहरुले मायामा रहेको सन्देश दिन खोजेकी छिन्। लाउरेसँगको रोमान्टिक भिडियो बनाउँदै हायातले क्याप्सनमा लभ रियाक्ट गर्दै लाउरेलाई मेन्सन पनि गरेकी छन् । कमेन्टमा धेरैले यो जोडीलाई शुभकामना तथा बधाई पनि दिइरहेका छन् ।