विश्वभर ११ सय भारुभन्दा बढी कमाइ गरेको हिट फिल्म `आरआरआर’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । निर्देशक एसएस राजामौलीले फिल्म निर्माण गर्न लागेको खबर भारतिय सन्चारले उल्लेख गरेको छ । फिल्मका लागि पिता बी विजयन्द्रसँग मिलेर उनी कथा लेख्दै छन्  ।  आरआरआर’ले दुई तेलुगू स्वतन्त्रता सेनानीहरु अल्लुरी सीताराम राजु (रामचरण) र कोमाराम भीम (जुनियर एनटीआर)को जीवनमा आधारित काल्पनिक कथा प्रस्तुत गर्छ ।