‘महापुरुष’ प्रदर्शन भएलागतै निर्देशक प्रदीप भट्टराईको वर्चस्व बढेको छ । लगातार ३ फिल्म ह्याट्रिक हानेका निर्देशक यति बेला फिल्म जात्रै जात्रा तेश्रो सिक्वलको तयारीमा पनि छन् । । ‘महाजात्रा’ नाम राखिएको फिल्ममा अभिनेता विपिन कार्की दोहोरिने लगभग निश्चित छ । साथै उनले उक्त फिल्ममा महानायक राजेश हमाल संग सहकार्य गर्ने योजना बनाएका छन्  । महापुरुष’ हेर्न पुगेका हमालसँग फिल्ममा काम गर्ने रहर रहेको बताउँदै उनले अब बनाउन लागेको फिल्म अफर गर्ने संकेत गरेका थिय । प्रदीपले भने, ‘राजेश दाईसँग फिल्म गर्ने रहर कसलाई छैन होला र ? दाईलाई चुनौतीपूर्ण भूमिकामा हामीले सोचिरहेका पनि छौं । दाईले मानिदिनुभयो भने त्यो अबकै प्रोजेक्टमा पनि हुनसक्छ । हामी त त्यसैको तयारी पनि गर्दैछौं ।’ उनले यसो भन्दै गर्दा हमाल महाजात्रामा नै हुन सक्ने अनुमान गर्न सकिन्छ ।