नायिका केकी अधिकारी ‘नाई न भन्नु ल ६’ टिम संग जोडिएकी छिन् । हाल छाँयाङकनको क्रममा रहेको फिल्म युनिट संग केकी झापाको विर्तामोडमा आफ्ना सिनको टेक दिइरहेकी छिन्।विकास राज आचार्यको निर्देशनमा तयार भैरहेको फिल्म बैशाख १ गते बाट प्रदर्शनमा आउँदै छ । फिल्ममा बाल कलाकारको रुपमा अर्थब सुवेदीले डेव्यु गरेका छन्। अनुभव रेग्मी अतिथि भूमिकामा देखिदैछन्।