नजिकिदै गरेको चुनावले गर्दा सिनेमा घर ५ बजे बन्द हुने भएको छ  । शनिबार ५ बजेपछि सिनेमाघर बन्द हुने भएको हो । शनिबार सन्ध्या र रात्रिकालीन शो नहुने र आइतबार सम्पूर्ण फिल्म हल बन्द हुने छ । निर्वाचन माहोलका कारण अहिले फिल्म हलहरुको अकुपेन्सीमा समेत गिरावट आइरहेको छ । तर निर्वाचनपछि फिल्म क्षेत्र लयमा फर्किने छ ।