फिल्म ‘ह्यारी की प्यारी’ को प्रदर्शन मिति घोषणा भएको छ। फिल्म माघ २० मा प्रदर्शनमा आउने भएको हो।निर्माण टिमले फर्स्ट लुक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति खुलाएको हो। सार्वजनिक पोस्टरमा जितु र साम्राज्ञीलाई देख्न सकिन्छ। जहाँ ढाका टोपी लकाएका जितु नौमती बाजा बजाउँदै देखिएका छन् भने साम्राज्ञी बेहुलीको पहिरनमा सजिएकी छन्। कपिल रिजालको निर्देशनमा बन्ने फिल्ममा जितु र साम्राज्ञीबाहेक विजय बराल, लक्ष्मी गिरी, रञ्जना भट्टराईलगायत कलाकारको अभिनय छ।