फिल्म ‘नम्बरी सुन’ मा अभिनेता आमेष भण्डारीको अपोजिट्मा नायिका नम्रता सापकोटालाई मुख्य भूमिकामा अनुबन्धित गरीएको छ ।  फिल्मलाई निर्देशक राजु गिरीले निर्देशन गर्दै छन् l सुवर्ण शिभान्स फिल्मसको ब्यानरमा निर्माण हुने फिल्मको प्रस्तुतकर्ता, निर्माता, कथा र गीत नारायण खातीको रहनेछ । मंसीर ७ गतेबाट फ्लोरमा जाने फिल्मलाई दिव्य सुवेदीले छायांकन गर्ने छन् l लमजुङको भुजुङ्ग खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा सिनेमाको छायाङ्कन गरिने छ । रामजी लामिछाने कोरियोग्राफी, निर्माता खातीको गीत रचना, शान्तिश्री परियार, प्रमोद खरेल लगायतका गायक तथा गायिकाको स्वर फिल्ममा रहनेछ ।