भोलि मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा चुनाव हुँदै छ । चासोको विषय बनेको चुनावमा थुप्रै सेलेब्रेटिहरु उम्मेद्वारहरुको पक्षमा छन् । कोही स्वतन्त्रलाई समर्थन गरीरहेका छन् भने कोही पार्टीकै व्यक्तिहरूको समर्थनमा लागी रहेका छन् । गायिका समीक्षा अधिकारी पनि एमालेको पक्षमा रहेकी छन् । खुलेआम सामाजिक सञ्जालमा तस्बिर नराखेता पनि एमाले पार्टीका केही पोस्टहरूमा उनको कमेन्ट देख्न सकिन्छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा दम्पतीलाई उनले बा- आमा भन्दै सम्बोधन गरेकी छन् । यसो त ओली दम्पतीले जनताले बा आमा भनेर नै सम्बोधन गर्ने गरेका छन् । हालै ओलीले अफिसियल फेसबुक पेजमा पत्नी राधा सँग साग केलाउँदै गरेको एक तस्बिर सार्वजनिक गरेका छन् । उक्त तस्बिरमा थुप्रैले सकारात्मक र नकारात्मक कमेन्ट गरेका छन् । जसमा गायिका अधिकारीको कमेन्ट पनि देख्न सकिन्छ । उनले कमेन्टमा ओली दम्पतीको तस्बिरमा लव रियाक्ट गर्दै " लव यु मेरा बा- आमा भनेर" लेखेकी छन् ।