गत सोमबार रिलिज गरीएक फिल्म "वीर बिक्रम २" को ट्रेलरलाई युट्युबमा दर्शकले रुचाएका छन् । हाल सम्म ५५ हजारले हेरेको भिडियोको कमेन्टमा प्राय सबै सकारात्मक कमेन्ट आएका छ्न्  ।  डिसेम्बर १ (मंसिर १५) मा ओएसआर इन्टरनेशनलको युट्युब च्यानलमा फिल्मको हिन्दी डब रिलिज गरीने योजना रहेको फिल्मलाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका हुन् ।


फिल्ममा पल शाह, वर्षा सिवाकोटी, नाजिर हुसेन, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतको अभिनय छ । सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व र प्रदीप भारद्धाजको लेखन रहेको फिल्मको कार्यकारी निर्मातामा अर्पण सापकोटा र सह-निर्मातामा रञ्जिता सिवाकोटी छन् । दुई साथीको मित्रतामा आउने उतार-चढावमा फिल्म आधारित छ ।