फिल्म ‘छक्का पञ्जा ४’को डिजिटल राइट्स (यूट्युब) बिक्री भएको छ । ओएसआर डिजिटलका सञ्चालक ओम प्रकाश अग्रवाल र निर्माता दीपकराजबीच डिजिटल राइट्स हस्ताक्षर गर्दै महँगो रकममा बिक्री भएको हो । फिल्मको राइट्स ६० लाखभन्दा बढी मूल्यमा किनिएको बुझिएको छ ।हेमराज विसीद्वारा निर्देशित फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायतको अभिनय रहेको छ । यस फिल्मका छायांकार नरेन्द्र मैनाली हुन् ।आगामी फागुन १९ गतेलाई प्रदर्शन मिति फिल्मको तोकिएको छ ।