हिन्दुहरूको महान् चाड बडा दसैँ प्राय सबै नेपालीहरूको लागी विशेष हुन्छ । दसैँमा अझ विशेष बा्रल्यकालका धेरै यादहरू जोडिएका हुने गर्दछन् । बाल्यकारको रमाइलो पल सम्झन्दै कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा भन्छन् ‘हजुरबुवाको घरमा टाढा थियो । सबै परिवार टिका लगाउन हिड्दा फुपु दिदीले झुक्काउदै हिडाउनु हुन्थ्यो । अहिले सम्झिदा रमाइलो लाग्छ ।’ त्यस्तै अभिनेत्री प्रियंका कार्कीलाई आफ्नो परिवारसँग समय बिताउन पाउदाँ दसैँ रमाइलो लाग्ने बताइन् । ‘सानोमा हुँदा दक्षिणा कति पाए भनेर रमाइलो लाग्थ्यो तर अहिलो आफ्नो परिवारसँग समय बिताउन पाउँदा रमाइलो लाग्छ ।’ उनी बताउछिन् । यता कलाकार बुद्धि तामाङ आफ्नो बाल्यकाल सम्झिदै भन्छन् ‘नयाँ लुगा लगाउदाको क्षण रमाइलो लाग्छ ।’
हेर्नुस कलाकासँग गरिएको दसैँ विशेष कुराकानी :-