फिल्म "मिलन" लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ । गत मंगलबार राखिएको प्रिमियरमा फिल्म हेरेका फिल्मकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका हुन्  । कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा आयोजना गरिएको प्रिमियरमा कलाकार तथा निर्देशक नीर शाह , शोभित बस्नेत , लगायत सेलेब्रेटीहरुको उपस्थिती रहेको थियो । कलाकार तथा निर्देशक नीर शाहले युवापुस्ताको ध्यान तान्ने गरी फिल्म निर्माण भएको बताए । ‘फिल्मले दर्शकलाई हँसाउन र भावुक बनाउन सक्छ,’ उनले भने, ‘नेपालमा बनेका हरेक फिल्मले सफलता हासिल गर्नुपर्छ । प्रिमियरमा नवअभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापाको अभिनयको प्रशंसा भएको थियो भने तेस्रोलिंगीको भूमिका निभाएका सुमिन गुरुङको कामको पनि चर्चा भएको थियो । टेक पौरखी राईको लेखन तथा निर्देशन रहेको फिल्मका निर्माता प्रविन थापा हुन् । फिल्म यहि शुकवारबाट प्रदर्शनमा आउँदै छ ।