फिल्म "मिलन" आज बाट प्रदर्शनमा आएको छ । टेक पौरखी राईद्वारा निर्देशित ‘मिलन’मा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापा, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर, विशाल पहारीको अभिनय छ । एक युवतीका कारण दुई साथीको मित्रतामा आउने दरारमा फिल्म केन्द्रित छ ।फिल्ममा राहुल राईको छायांकन, तारा किम्बे थापाको सम्पादन, टंक बहादुर राईको भिएफएक्स, राजु सेन्चुरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको द्वन्द्व निर्देशन, शैलेश श्रेष्ठकको ब्याकग्राउन्ड स्कोर छ । काठमाडौं र कालिन्चोकमा छायांकन भएको फिल्मको निर्मातामा प्रविन थापा रहेका छन् । यो फिल्मबाट कुशल र शिल्पाले अभिनयमा डेब्यू गरेका हुन् ।