राष्ट्रिय महिला आयोगको आयोजनामा लैङ्गकि हिंसा विरुद्धको १६ दिवसीय अभियानमा नाटक “अब हामी सहदैनौं” मंचन गरिएको छ । गत शुक्रबार बसन्त बसन्तपुर डवलीमा आयोजित एक समारोहको नाटक मंचन गरिएको हो । दृश्य सादृश्य” को प्रस्तुतिमा तयार पारीएको नाटकमा नाटकमा सालिक भण्डारी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, अस्मिता ढकाल, कुलदीप अधिकारी, रामकुमार थामीको अभिनय रहेको थियो ।आफ्नै क्षमताले आफैं लड्छौँ भन्ने सन्देश दिएको नाटकमा लगभग १५०० दर्शकको उपस्थिति रहेको थियो ।