हाम्रो समाजमा महिलाले धेरै किसिमका हिंसाको सामना गर्नु परेको छ । आधा आकाश ओगट्ने महिला भनिए पनि अधिकारबाट वञ्चित हुनु परेकोले हिंसा बढेर गएको हो । छोरीलाई स्वतन्त्र अस्तित्व भएको नागरिकको रूपमा नलिने प्रथाले गर्दा सही र न्यायपूर्ण प्रतिनिधित्व अझै हुन सकेको छैन ।  महिलामाथि हेराइमा, बोलीमा र क्रियाकलापमा हिंसा हुने गरेको छ ।यसैलाई मध्य नजर गर्दै  महिला अब कमजोर छैनन् भनेर समाजलाई देखाउन लैङ्गिक हिंसा विरुद्धको १६ दिवसीय अभियान कचहरी नाटक  हुने भएको छ ।  "दृश्य सादृश्य” को प्रस्तुतिमा तयार पारिएको "अभीप्सा" नाम रहेको नाटकमा सालिक भण्डारीको लेखन् र सरस्वती अधिकारीको निर्देशन रहेको छ । काठमाडौँका विभिन्न विद्यालयहरूमा देखाइने नाटकले महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा बोल्ने छ । यही १२ गतेबाट हुने नाटक बुढानीलकण्ठ नगरपालिका अन्तर्गतका विभिन्न ठाउँहरूमा देखाइने छ । नाटकले हाम्रो समाज, गाउँ, ठाउँ र परिवार भित्रै हुने हिंसाका विभिन्न किस्साहरू देखाएको छ ।नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुल दीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेती लगायतका कलाकारहरूको भूमिका रहेको छ।