निर्देशक दिपाश्री निरौलाको निर्देशनमा तयार भएको चलचित्र ‘छक्का–पञ्जा २’ सफलताको साथ दोस्रो सातामा प्रवेश गरेको छ । गत साता बुधवार, फुलपातीको दिन प्रदर्शनमा आएको चलचित्रले ओपनिङसँगै पहिलो साता बम्पर सुरुवात गरेको हो । चलचित्र वितरकले दिएको जानकारी अनुसार चलचित्रले पहिलो साता करिब ८ करोडको हाराहारीमा कलेक्सन गरेको बताइएको छ ।
गत वर्षको ब्लकबस्टर चलचित्रको रूपमा रहेको ‘छक्का पञ्जा’ले एक सय दिन पुरा गरेर १७ करोडको ग्रस कमाई गरेको थियो । नेपाली चलचित्र इतिहासमा सवार्धिक कमाउने चलचित्रमा ‘छक्का पञ्जा’ अगाडी छ । आफ्नै चलचित्रको रेकर्ड तोड्ने दाउमा रहेको ‘छक्का–पञ्जा २’ले पहिलो दिनमा नै करोड माथि व्यापार गरेर रेकर्ड बनाइसकेको छ । युवा पुस्तामा विदेश जाने मोहलाई चलचित्रमा उतारिएको छ । जसमा दिपकराज गिरी, प्रिंयका कार्की, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई दीपक–दिपाश्रीले निर्माण गरेका हुन् ।