फिल्म "महापुरुष" टिमले ५१ औं दिनको खुसियाली मनाउदै सेलेब्रेसन गरेका छन् । भाइटिकाको भोलिपल्ट बाट रिलिजमा आएको फिल्मले ३० दिनमा १० करोड १४ लाख ग्रस व्यापार गरेको जानकारी दिदै केक काटेर खुसियाली मनाएका हुन् । फिल्ममा कलाकारद्दय मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मुख्य भूमिकामा रहेका छन् l  निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया हुन् ।फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् ।फिल्ममा मह र गौरी मल्लका  अलावा अरुण क्षेत्री, अञ्जना बराइली, बानियाँ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ l