लैङ्गिक हिंसाविरुद्ध १६ दिवसीय अभियान कचहरी नाटक मञ्चन गरीएको छ । ‘दृश्य सादृश्य’ को प्रस्तुतिमा तयार पारिएको ‘अभिप्सा’ नामक नाटक काठमान्डौका विभिन्न स्कुलमा मंचन गरीएको हो । सालिक भण्डारीको लेखन र सरस्वती अधिकारीको निर्देशन रहेको छ । महिला भएकै आधारमा महिलामाथि हुने विभेदको कथा बोलेको नाटकलाई स्कुलका बिद्यार्थी देखि शिक्षक- शिक्षिकाले सकारात्मक प्रतिकृया दिएका थिय । काठमाडौ स्थित बूढानीलकण्ठमा रहेको मिलिनियम स्कुल लगायत सोहि ठाउँका अन्य स्कुलहरुमा पनि मंचन गरीएको यस् नाटक मंसिर १२ गतेबाट सुरु भएको थियो । साथै उक्त नाटक काठमाडौका अन्य स्कुलमा पनि देखाइने बताइएको छ । नाटकमा गाउँ, ठाउँ, समाज र परिवारभित्रै हुने हिंसाका विभिन्न घटनाहरूलाई देखाएको छ ।नाटकमा सुवास सुवेदी, सुशील सिंह ठकुरी, सगुन पोख्रेल, शान्ति भट्टराई, सरस्वती अधिकारी, अस्मिता ढकाल, कुल दीप अधिकारी, रामकुमार थामी , उन्नत उप्रेतीलगायतका कलाकारहरूको भूमिका देख्न सकिन्छ ।