नाबालिगलाई बलात्कार गरेको आरोपमा तनहु कारागरमा कैदि जिवन बिताइरहेका अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रम राखिएको छ । पल शाह फ्यान क्लबले न्याय दिन पर्छ भन्दै वसन्तपुरमा सो कार्यक्रमको आयोजना गर्न लागेका हुन् । बिहान ८ बजेबाट सुरु हुने कार्यक्रम मङ्सिर १७ गते हुन लागेको हो । नवलपुर र तनहुँ प्रहरी कार्यालयमा जाहेरी दिएपछि अभिनेता पल शाहले विगत १० महिनादेखि जेलबाटै अदालतको चक्कर काटिरहेका छन् ।